लेबनानी इस्लामिक लडाकू समूह नेता हसन नसरल्लाहको अन्त्येष्टि तस्वीर
बेरुत फागुन ११ गते ।
लेबनानी इस्लामिक लडाकू समूह नेता हसन नसरल्लाहको अन्त्येष्टि गरिएको छ । हिजबुल्लाहको इजरायली आक्रमणमा मारिएकानसरल्लाहको अन्त्येष्टि आज आइतबार गरिएको हो ।

बेरुतको बाहिरी इलाकामा रहेको एक रङ्गशालामा हजारौँ मानिस कालो पहिरनमा सजिएर आफ्ना नेताप्रति शोक व्यक्त गरेका छन् । सहभागीमध्ये केहीले हिजबुल्लाहको झण्डा फहराइरहेका वा समूहका मारिएका नेता हसन नसरल्लाहको तस्वीर बोकेका देख्न सकिन्छ ।

अन्त्येष्टि समारोहमा दशौँ हजार मानिस सहभागी भएका सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा प्रत्यक्ष प्रशारण गरिएको स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले देखाएका छन् ।

तीन दशकभन्दा बढी समयदेखि लेबनानी आन्दोलनको नेतृत्व गरेका चमत्कारिक हिजबुल्लाह नेता नसरल्लाको हत्याले इरान समर्थित समूहको लडाकु शक्तिका रूपमा प्रतिष्ठामा ठूलो धक्का पुगेको छ ।

हिजबुल्लाहले लेबनानका उच्च अधिकारीलाई निमन्त्रणा गरेको छ, जसमा इरानी संसदका सभामुख मोहम्मद बघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघची पनि उपस्थित हुनुहुन्थ्यो ।

अराघचीले बेरुतबाट एक भाषणमा मारिएका नेताहरूलाई ‘प्रतिरोधका दुई नायक’ को रूपमा वर्णन गरे र ‘प्रतिरोधको मार्ग जारी रहने’ प्रतिज्ञा गर्नुभयो ।

दशकौँदेखि देशको राजनीतिमा पनि प्रमुख भूमिका खेलेको हिजबुल्लाहले लामो समयदेखि सामाजिक र आर्थिक सेवा प्रदान गरेर देशको बहुसङ्ख्यक शिया मुस्लिम समुदायमा समर्थन आधार पाएको छ।

गत सेप्टेम्बरमा हिजबुल्लाहको दक्षिणी बेरुत किल्लामा इजरायली आक्रमणमा नसरल्लाहको मृत्यु भएपछि सुरक्षाका कारण ढिलाइ भएको समारोहस्थलमा लेबनान र बाहिरका धेरै पुरुष, महिला र केटाकेटीहरू कठोर जाडोमा पैदल हिँडेका देखिन्थे । तीमध्ये एक थिए ५५ वर्षीय उम महदी पनि “अन्तिम पटक नसरल्लाहलाई भेट्न र उहाँको अन्त्येष्टिमा सामेल हुन आएका महमीले हिजबुल्लाह नेता नसरल्लाहको मृत्युले आफू स्तब्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “निःसन्देह, हामी दुःखी भएका छौँ ।”

उहाँले भन्नुभयो, “सबै कुरा त्यागेका सय्यदका लागि हामीले कमसेकम यही गर्न (अन्त्येष्टिमा सहभागी हुन)सक्छौँ । यो नै हाम्रो उहाँप्रतिको इमान्दार सम्मान हो ।”

भीड जम्मा हुनासाथ लेबनानको सरकारी सञ्चारमाध्यमले लेबनानको दक्षिणी क्षेत्रको सीमाबाट करिब २० किलोमिटर टाढा रहेको क्षेत्रमा इजरायली आक्रमण भएको जनाएको छ ।

यसैबीच, इजरायली सेनाले दक्षिणी लेबनानमा ‘इजरायली नागरिकका लागि आसन्न खतरा उत्पन्न गर्ने थुप्रै रकेट लन्चर’मा आक्रमण गरेको जनाएको छ ।

गत नोभेम्बर २७ मा हिजबुल्लाहसँग भएको युद्धविराम सम्झौतापछि इजरायलले लेबनानमा धेरै पटक आक्रमण गरिसकेको छ ।दक्षिण बेरुतका भित्ता र पुलहरूमा नसरल्लाहका उत्तराधिकारी हाशेम सफिद्दीनको विशाल चित्र राखिएको छ । उहाँपनि इजरायलको अर्को हवाई आक्रमणमा मारिनुभएको थियो ।

करिब ५० हजार दर्शक क्षमता रहेको यो रङ्गशालामा हिजबुल्लाहका आयोजकले मैदान र बाहिर दशौँ हजार अतिरिक्त सिटको व्यवस्था गरेका छन् ।