पाल्पा, फागुन ११ गते । भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

“गाउँघरमा परम्परागत रुपमा चलिआएका लोक भजनलाई लोप हुन नदिन, यसको महत्व र मौलिकतालाई जीवन्त जोगाइराख्न प्रतिष्पर्धात्मक रुपमा कार्यक्रम गर्न लागिएको छ”, उहाँले भन्नुभयो, “यसले धर्म, संस्कृतिको संरक्षण हुनुका साथै नयाँ पुस्तालाई पनि भजन संस्कृतिबारे अवगत गराउने उद्देश्य लिइएको छ ।”

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र उपसभामुख मेनुका खाँण केसीले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । एक समूहमा बढीमा नौ जना हुनुपर्ने र जुनसुकै ठाउँमा बसोबास गरेको भए हुने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुनका लागि उमेरको हद तोकिएको छैन ।

हिन्दु समुदायमा लोकभजन कृतन निकै लोकप्रिय मानिन्छ । कालीगण्डकी वेशीका लोकभजनको साथमा स्थानीय बाजा, संस्कृतिको प्रवद्र्धन, संरक्षण र पहिचान गराउँदै नयाँ पुस्तामा लोकभजन, संस्कृतिलाई अवलम्वन गराउन प्रतियोगिता सहयोगी हुने अपेक्षा गरिएको छ ।

देवी देवताका विभिन्न मठ मन्दिर, देवालयमा दैनिक भजनकृतन गाउने चलन छ । यस्तै गाउँघरमा हुने पूजाआजा, विभिन्न धार्मिक तीर्थस्थलमा पनि दैनिक भगवान्कै नाम जप्दै भजनकृतन गरिन्छ ।

भगवान्को नाम जप्दै भजनको तालमा नाच्ने र गाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भजनकृतन गाउँघरमा हुने पूजाआजामा अनिवार्यजसो गाउने चलन परम्परादेखि चलिआएको हो । गवान्का नाममा गाइने भजनकृतनले मानिसलाई सद्गुणी र विवेकशील बनाउदै आध्यात्मिकतर्फ डो¥याउने मान्यता छ ।

मानिस धार्मिक कार्यमा तल्लिन हुन थालेपछि अवगुणी व्यक्ति पनि गुणवान् बन्न पुग्ने गरेको बुढापाका बताउँछन् । मानिस जीवनमा सुखी हुनका लागि विभिन्न बृद्धाश्रम, मठ मन्दिर, देवालयहरुमा गएर भजन गाउँदै मनलाई प्रफुल्लित पार्ने पनि गर्छन् ।
(((

मौलिकता जोगाउन भजनकीर्तन प्रतियोगिता
रामपुर ९पाल्पा०, ११ फागुनः भजनको महत्व र मौलिकता जोगाउने उद्देश्यले रामपुर नगर गौशाला समितिले भजनकीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । यही फागुन १२ गते लोक संस्कृतिमा आधारित खुला भजन कृतन प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।