ताप्लेजुङ, फागुन ७ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी पार्टी सरकार नयाँ सरकार बनाउन वा गिराउने दाउमा नरहेको बताउनुभएको छ । प्रेस सेन्टर ताप्लेजुङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउनेभन्दा पनि सङ्गठन बलियो बनाउन लागेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी प्रणाली र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकारसँग वार्ता भइरहेको छ ।”