तस्वीर स्रोतः बिबिसी
क्यानाडा, फागुन ६ गते । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा तीन जना घाइते भएका छन् । विमान अवतरण गर्ने क्रममा घाइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानस्थलका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीका अनुसार घाइते तीन जनाको अवस्था गम्भीर छ । घाइते एक बच्चा, ४० वर्षीया महिला र अर्को एक ६० वर्षीय पुरुष रहेका छन् । डेल्टा एयरलाइन्सको ४८१९ नम्बर विमान स्थानीय समय अनुसार पौने ३ मा अवतरण भएको हो । सो घटनाको कारण अझै पत्ता लागेको छैन । विमानलमा ७६ यात्रु तथा चालक दलका ४ गरी ८० जना सवार थिए । अमेरिकाबाट क्यानडा गएको उक्त डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको बताइएको छ । एजेन्सी