नयाँ दिल्ली, माघ २६ गते । भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन प्रयासरत छ । तीन करोडभन्दा बढी जनसङ्ख्या भएको विशाल महानगर दिल्लीमा विगत एक दशकको अधिकांश समय ‘करिस्मेटिक’ अरविन्द केजरीवाल र उहाँको आम आदमी पार्टी ९आप० को शासन रहेको छ ।
निर्वाचन आयोगको प्रारम्भिक प्रवृत्तिका अनुसार भारतीय जनता पार्टीले दिल्ली विधानसभा चुनावको नतिजामा बहुमतको सिट पार गरेको छ । भाजपा अहिले ३८ सिटमा अगाडि छ भने आप २७ सिटमा अगाडि छ । राष्ट्रिय राजधानीमा सरकार गठनका लागि बहुमतको सिट ३६ रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली प्रान्तमा विकासको जित सुरु भएको बताउनुभयो । “यो जित विकासको हो, सुशासनको जित हो ।” मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार प्रवेश बर्मासँग पराजित हुनुभयो ।
“हामी फैसला स्वीकार गर्छौं र भाजपालाई बधाई दिन्छौं,” केजरीवालले एक भिडियो वक्तव्यमा बताउनुभयो । “हामी दिल्लीको समग्र विकास सुनिश्चित गर्न र त्यहाँका बासिन्दाहरूको जीवन राम्रो बनाउन कुनै कसर छोड्नेछौं,” मोदीले सामाजिक सञ्जाल पोस्टमा उल्लेख गर्नुभयो ।