काठमाडौँ, माघ २५ गते । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला चारसय रुपैयाँ घटेको हो ।

नेपाली बजारमा आज सुन प्रतितोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौसय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।