काठमाडौँ, माघ २१ गते । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

महासङ्घका अनुसार सुनको मूल्य हिजो आइतबार पनि १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो आइतबार तोलामा १ हजार ९ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज सोमबार घटेर तोलामा १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको हो ।