फाइल तस्वीर
मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । मकवानपुरको हेटौँडास्थित प्रदेशसभाको हलमा आज शुक्रबार बिहान ११ बजे १५औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
सरकारले आजदेखि सुरु हुन लागिको बैठकमा केही विधेयकहरु टेबुल गर्ने तयारी गरेको छ । विपक्षी दलहरुले सरकारले विगतमा गरेका सहमति कार्यान्वयनको प्रगति बारे बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठाएपछि सम्भावित कार्यसूची हेरफेर गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्यनिस्ट पाटी (माओवादी केन्द्र) र अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने सरकारले विपक्षी दलसँग गरेको विगतको सहमति कार्यान्वयनमा जोड दिंदै आएकोले आज प्रदेशभामा पेश गर्ने कार्यसूची संशोधन गरिएको छ ।
विपक्षी दलहरुले विगतमा सरकारसँग गरेको सहमति कार्यान्वयनको प्रगति बारे बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिमा प्रश्न उठाएपछि सम्भावित कार्यसूची हेरफेर गरिएको छ ।
प्रदेशसभाको १४ औँ अर्थात वर्षे अधिवेशन २०८१ वैशाख ३१ गतेदेखि सुरुभएको थियो । करिव पाँच महिनासम्म चलेको अधिवेशन असोज ७ गते सकिएको थियो । उक्त अधिवेशनमा ३८ वटा बैठक बसेको र सो अधिवेशनले चारवटा विधेयक पारित गरेको थियो ।