वासिङ्गटन, माघ १७ गते । अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ । अमेरिकामा सेनाको हेलिप्कटरसँग ठोकिएर नदीमा खसेको ६४ जना सवार अमेरिकी विमान टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।
अमेरिकाको रिगन वासिङ्गटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीमाथिको आकाशमा उक्त दुर्घटना भएको थियो । अन्तरराष्टिय समाचारमाध्यम सीएनएनका अनुसार रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा विमान टुक्राटुक्रा अवस्थामा फेला परेको हो।
आपतकालीन उद्धार टोलीले १८ वटा शव फेला परेको जनाएको छ । विमानमा ६० यात्री र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना सवार रहेको जनाइएको छ । स्रोतले जनाए अनुसार हेलिकप्टर पनि पानीनजिकै खसेको पाइएको र उक्त सेनाको हेलिकप्टरमा ३ जना रहेको बताइएको छ ।
सेनाको हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको र विमान अवतरणको क्रममा रहँदा आपसमा ठोक्किएर दुर्घटना भएको र हेलिकोप्टरको भग्नावशेष पनि नदी नजिकै फेला परेको अधिकारीहरूले जनाएका छन् । एजेन्सी