फाइल तस्वीर

काठमाडौँ, माघ १४ गते । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागको मौसममा आंशिक बदली रहेको छ भने तराईका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो कारण तराई मधेसको जनजीवन प्रभावित बनेको छ ।

देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको छ । देशको तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु÷कुहिरो लागेको अवस्था छ । बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।