मिन्स्क, माघ १३ गते । क्रेमलिनका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताउनुभएको छ । लुकासेन्कोले आइतबार राष्ट्रपति निर्वाचनका लागि मतदान गरेपछि प्रतिक्रिया दिँदै आफ्नो देशले ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेको बताउनुभएको हो । उहाँले करिब एक हजारको हाराहारीमा रहेका राजनीतिक बन्दीले माफी मागेमा उनीहरूलाई रिहा गर्न सकिने उक्त अवसरमा बताउनुभयो तर उहाँले निर्वासित विरोधीहरूसँग वार्ता गर्ने बिषयलाई अस्वीकार गर्नुभयो ।
“बेलारुसमा हामी ‘व्यवस्थित लोकतन्त्र’ को अभ्यास गरिरहेका छौँ,” आफ्नो सातौं कार्यकालका लागि भएको निर्वाचनमा मतदान गरेपछि पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “हामी कसैलाई दबाब दिँदैनौँ र कसैको वाक स्वतन्त्रतामा बन्देज लगाउने छैनौँ ।
जेलमा रहेका आलोचकहरूले माफी माग्नुपर्छ भन्दै उहाँले भन्नुभयो, “यदि उहाँहरूले माफी माग्नुभएन भने उहाँहरू ठीक भएको दावी हो । प्रशासनले उहाँहरूले गल्ती गरेको अभियोगलाई अदालतले दोषी ठहर गरेपछि मात्रै उहाँहरूलाई जेल सजाय सुनाएको र जेलमा पठाएको हो । रिहाईका लागि उहाँ ९विपक्षी० हरूले माफी माग्नुपर्छ।”
पत्रकार सम्मेलनमा लुकासेन्कोले युरोपेली सङ्घकोे आलोचनालाई पनि नकार्नुभएको छ ।
युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले लुकाशेन्कोको ‘कुनै वैधता नभएको’ र उहाँको नेतृत्वमा भइरहेको राष्ट्रपतिको निर्वाचनलाई ‘लोकतन्त्रको घोर अपमान’ भन्नुभएको छ ।
लुकासेन्कोले अन्य देशले निर्वाचनको परिणामलाई मान्यता दिने वा नदिने भन्ने विषयमा आफूलाई कुनै चिन्ता नभएको बताउँदै ‘यो स्वादको विषय’ भएको बताउनुभयो ।
उहाँले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफूविरुद्ध लडेका स्वेतलाना तिखानोभस्कायाजस्ता निर्वासित प्रतिद्वन्द्वीसँग कुरा गर्ने विचारलाई पनि अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, “मैले उनीहरूसँग के कुरा गर्नुपर्लारु“
उहाँले निर्वासनमा रहेकाहरूले आ–आफ्नो छनौट गरेको बताउँदै भन्नुभयोे, “हामीले कसैलाई पनि देशबाहिर धकेलेका छैनौं ।”