हनोई, माघ १० गते । भियतनाम प्रहरीले बाह्य देशबाट एक अर्ब २० करोड डलर बराबरको अवैध रकम मुलुकमा ल्याउने पाँच व्यक्तिलाई पक्राउ गरी कारबाही गरेको छ । सन् २०२२ देखि २०२४ सम्म बैङ्क कर्मचारीसहितको गिरोहले परिचयपत्र र बैङ्क छाप जालसाजी गरी १८७ व्यवसाय स्थापना गरी छ सयभन्दा बढी कर्पोरेट बैङ्क खाता खोलेका थिए ।

यी खाताहरू विदेशमा धोखाधडी वा जुवाको माध्यमबाट प्राप्त गरिएको पैसा स्थानान्तरण र वैधानिक बनाउन प्रयोग गरिएको थियो । प्रहरीका अनुसार उनीहरूको कूल लेनदेन करिब एक अर्ब २० करोड डलर ९३० हजार अर्ब डोङ० थियो ।

एक बैंक कर्मचारीसहित पक्राउ गरिएका व्यक्तिहरू डानाङमा थिए । प्रहरीले यो मध्य तटीय सहरमा सार्वजनिक भएको सबैभन्दा ठूलो अवेध सम्पत्ती कारोबार सम्बन्धी मुद्दा भएको बताएको छ । प्रहरीले गिरोहबाट १२२ वटा नक्कली छाप र ४० वटा व्यापार दर्ता प्रमाणपत्रका मूल प्रतिलिपिहरू जफत गरेको छ ।

अक्टोबरमा भियतनामी व्यापारी ट्रुओङ माई लानलाई मनी लन्ड्रिङको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको थियो । यद्यपि उहाँले फैसला पुनरावलोकनका लागि पुनरावेदन गर्नुभएको छ । प्रोपर्टी डेभलपर उहाँलाई पहिले नै छुट्टै मुद्दामा २७ अर्ब डलरको ठगीका लागि मृत्युदण्ड दिइएको थियो ।