तस्वीरमा कालीगण्डकी नदीमा निर्माण भएको पुल ।
बागलुङ, माघ ९ गते । जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ लाई जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण भएको छ । उक्त पुल १३ करोड १२ लाख ४९ हजार ३ सय ६४ रुपैयाँको लागतमा निर्माण भएको हो ।
निर्माणभए पश्चात् पुल सञ्चालनमा आएसँगै दक्षिण बागलुङबाट प्रदेश राजधानी पोखरासहितका ठूला सहरमा पुग्न सर्वसाधारणलाई सहज भएको छ ।
पुलबाट जैमिनी नगरपालिका १ र पर्वतको फलेवास नगरपालिका– ६ जोडिएका छन् । जैमिनी नगरपालिका–५ का कृष्णबहादुर थापाले कालीगण्डकीमा पुल बनेपछि सामान ढुवानी र यात्रा गर्न धेरै सहज भएको बताउनुभयो । पुलबाट यात्रा गर्दा अब पोखरा पुग्न ३० किलोमिटर दूरी घटेको उहाँले सुनाउनुभयो ।