क्यापिटल हिल, वाशिङ्गटन, माघ ८ गते । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो,अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।

ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ। शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गर्नुभयो।
अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न झन्डै १ हजार ५ सय जनालाई माफी दिने आदेश जारी गर्नुभएको छ ।