ल्हासा, पुस २५ गते । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल एक हजार २ सय ११ वटा परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।
चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १ सय ८८ जना घाइते भएका थिए भने फसेका ४ सय ७ जनाको उद्धार गरिएको छ ।
क्षेत्रीय भूकम्प ब्यूरोका अनुसार ६ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको केन्द्रविन्दुबाट करिब १८ किलोमिटरको दूरीमा ४।४ म्याग्निच्युडको भूकम्प गएको थियो । ३३ वटा पराकम्पन तीनभन्दा बढी म्याग्निच्युडको रहेको पनि ब्यूरोले उल्लेख गरेको छ ।