फाइल तस्वीर
वासिङ्टन डिसी, पुस २२ गते । अत्यधिक हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ । एक दशक यताकै अत्यधिक परेको हिमपातले जनजीवन प्रभावित भएको हो ।


हिमपातका कारण हिमआँधी आउन सक्ने र सो आँधीले हजारौं नागरिकहरु प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ । कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ । हिमपातले गर्दा हजारौं उडान प्रभावित हुनुको साथै सेन्ट लुइस र मिसौरी हुवाई अड्डा सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।


अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार भर्जिनिया, मिसौरी, केन्टुकी, कन्सास, अर्कासस राज्यमा आपतकाल घोषणा गरिएको छ । केन्टुकीस्थित मुहम्मद अली अन्तरराष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका छन् । सभ्भावित हिमआँधीको आउन सक्ने चेतावनीका कारण ४५ सय उडानहरु स्थगित गरिएका छन् भने दुई हजारभन्दा बढी हवाई उडानहरु रद्द गरिएका छन