काठमाडौँ, पुस २१ गते। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका धेरै स्थानहरू लगायत उपत्यकाहरूमा हुस्सु कुहिरो लागेको अवस्था छ। दिउँसो देशैभरका हिमाली, पहाडी र तराइको को मौसम मुख्यतया सफा रहने छ।
राति भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।