फाइल तस्वीर
काठमाडौँ, पुस १४ गते । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ५ बजेर ९ मिनेट जाँदा ३ दशकलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको कारण जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन । यसअघि शुक्रबार राति पनि कालीकोट केन्द्रबिन्दु भएर ३ दशमलव ७ म्याग्नीच्युडको भूकम्प गएको थियो।


पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीयहरू त्रसित हुँदै आएका छन् ।