काठमाडौँ, पुस ११ गते । साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको मूल्य तोलाको एक लाख ४९ हजार सातसय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।