इस्तानबुल, पुस ९ गते । टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ । इस्माइल उस्ताओग्लुले भन्नुभयो,“प्रारम्भिक जानकारी अनुसार बालिकेसिरको कारेसी जिल्लामा भएको विस्फोटमा १२ जनाको मृत्यु भएको छ ।”
फुटेजमा प्लान्ट बाहिर छरिएका काँच र धातुका टुक्राहरू देखाइएको थियो । गभर्नरले विस्फोट बिहान ८ः२५ बजे प्लान्टको एक भागमा भएको बताउनुभयो, जसले गर्दा भवनको केही भाग ध्वस्त भएको थियो ।
दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ ।