काठमाडौँ, पुस ९ गते । साताको तेस्रो दिन आज मङगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँमा कारोबार भएको हो ।

हिजो सोमबार सुनको मूल्य प्रतितोला दुईसय रुपैयाँ बढेर तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो। आज सुन हिजोकै मूल्यमा स्थिर रहेको महासङघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर एक हजार आठसय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो तोलाको एक हजार सातसय ९५ रुपैयाँ कायम भएको थियो।