इस्लामावाद, पुस ८ गते । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी जिल्लाको दुर्गम तिराह उपत्यका क्षेत्रमा भएको थियो, जहाँ सुरक्षा बलहरूले खोजी अभियान सुरु गरेका थिए ।
नजिकैको सैन्य अस्पतालमा पठाउनु अघि घटनास्थलमा घाइते व्यक्तिहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरिएको थियो ।
पाकिस्तानी सेनाले उक्त घटनाको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।
पाकिस्तान–अफगानिस्तान सीमामा अवस्थित तिराह उपत्यका आफ्नो रणनीतिक स्थान र आतङ्कवादको इतिहासका कारण लामो समयदेखि आतङ्कवाद विरोधी प्रयासको केन्द्रबिन्दु बनेको छ ।