काठमाडौँ, पुस ८ गते । साताको दोस्रो दिन आज सोमबार पनि सुनचाँदी दुबैको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठसय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन हिजो सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार सातसय ९५ रुपैयाँमा कारोबार भएको छ ।