मकवानपुर, पुस ७ गते । यहाँको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो । सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।