काठमाडौँ, पुस ५ गते । साताको छैटौं दिन आज शुक्रबार पनि सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको पाँच सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला एक लाख ४८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको छ । हिजो सुनको मूल्य एकलाख ४९ हजार रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेर तोलाको एक हजार सात सय ६० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य एक हजार सातसय ८० रुपैयाँ थियो।