नयाँ भवन शिलान्यास गर्दै नगरप्रमुख ।
पर्वत, मङ्सिर २८ गते । कुश्मा नगरपालिकाले १४ करोड रुपैयाँको लागतमा पालिका भवन निर्माण सुरु गरेको छ । नगरप्रमुख रामचन्द्र जोशीले बिहीबार भवनको शिलान्यास गर्दै आगामी १५ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभएको छ ।
भवनका लागि जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको हो । भवन लिफ्टसहित साढे छ तलाको हुनेछ । साथै पर्वतका सातवटै स्थानीय तहमा भवन निर्माण प्रारम्भ भएको छ । महाशिला, जलजला र फलेवास नगरपालिकाका निर्माणाधीन भवन अन्तिम चरणमा पुगेका छन् ।