काठमाडौँ, मङ्सिर २६ गते । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा आज सुन प्रतितोला दुई हजार रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको एक लाख ५४ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन मङ्गलबार सुन प्रतितोला एक लाख ५२ हजार २ सयमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।