काठमाडौँ, मङ्सिर २५ गते । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई हजार एक सय रुपैयाँ बढेको हो।
स्थानीय बजारमा आज सुन प्रतितोला एक लाख ५२ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो सोमबार तोलामा चारसय रुपैयाँ बढेर एक लाख ५० हजार एकसय रुपैयाँ कायम भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ। हिजो प्रतितोला एक हजार आठसय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार नौसय २५ रुपैयाँ निधौरण गरिएको छ।