काठमाडौँ, मङ्सिर २३ गते । साताको पहिलो दिन आज आइतबार सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ र चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको हो ।
आज नेपाली बजारमा सुन प्रतितोला एक लाख ४९ हजार सातसय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो कारोबार दिन शुक्रबार तोलामा ६ सय रुपैयाँ घटेर एक लाख ५० हजार एकसय रुपैयाँ कायम भएको थियो।
यस्तै,आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९० रुपैयाँ कायम गरिएको थियो।