प्रतिकात्मक तस्वीर
मकवानपुर, मङ्सिर २१ गते । बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालकको च्यापिएर मृत्यु भएको हो ।

ना ८ ख २४३० नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङको घटनास्थलमै मृत्यु भएको हो ।