अमेरिका, मङ्सिर २१ गते । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार उत्तरी क्यालिफोर्नियाको तटीय क्षेत्रमा ७ दशमलव ० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
अन्तर्राष्ट्रिय सुमाचार माध्यम बीबीसीका अनुसार फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ । भूकम्पपछि उत्तरी क्यालिफोर्निया र दक्षिणी ओरेगनको तटमा ५३ लाख जनामा सुनामी चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरूले भूकम्पपछि कुनै मानवीय क्षति वा ठुलो भौतिक क्षतिको सूचना प्राप्त न्fभएको जनाएका छन् । हम्बोल्ट काउन्टी शेरिफको कार्यालयले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार भवन वा पूर्वाधारमा कुनै विनाशकारी क्षति भएको छैन, तर केही घरहरूमा सामान्य क्षति भएको छ ।भूकम्पपछि हम्बोल्ट काउन्टीमा १० हजारभन्दा बढी मानिस बिजुलीविहीन भएका थिए । एजेन्सी