काठमाडौँ, मङ्सिर २० गते । साताको पाचौँ दिन आज बिहिबार सुन, चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ बढेको हो ।

सुन आज प्रतितोला एक लाख ५० हजार सातसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलाको एक लाख ५० हजार चारसय रुपैयाँ कायम भएकोे थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर तोलाको एक हजार आठसय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य एक हजार ८ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो।