काठमाडौँ, मङ्सिर १९ गते । साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेको हो ।
नेपाली बजारमा आज सुन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो मङ्गलबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँ कायम गरिएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । हिजो एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।