वासिङ्टन, मङ्सिर १९ गते । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गर्नुभएको छ । सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ताका लागि मस्को जानुभएको थियो ।
कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्कोबीच बढेको तनावबारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभसँग छलफल भएको बताउनुभएको छ ।
कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सावैजनिक नगरिकन भन्नुभएको छ, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।”
कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अन्तर्वार्ता लिन खोजेको तर अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाउनुभयो ।