काठमाडौँ, मङ्सिर १८ गते । सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ कायम भएको छ ।