डोल्पा, मङ्सिर १७ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गर्नुभयो । 

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उहाँले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गर्नुभएको थियो ।