फाइल तस्वीर: नेपाल धितोपत्र बोर्डको प्रवक्ता निरञ्जन घिमिरे ।

ललितपुर, मङ्सिर १४ गते । नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डकै उपकार्यकारी निर्देशक निरञ्जन घिमिरेलाई दिइएको छ ।

सरकारले एक वर्षदेखि रिक्त रहँदै आएको बोर्डको अध्यक्षमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेसँगै अध्यक्ष श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी उपकार्यकारी निर्देशक घिमिरेलाई दिनुभएको हो ।

यस अघि २०८१ जेठ १७ गतेदेखि बोर्डको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीले सम्हाल्दै आउनुभएको थियो ।