काठमाडौँ, मङ्सिर १४ गते । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो। यसपटकको समीक्षामा बाह्य क्षेत्रसँग सम्बन्धित केही विषयमा खुकुलो नीति लिने तयारी गरिएको छ। अन्य आन्तरिक विषयहरूमा भने मौद्रिक नीति परिवर्तन नहुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
अहिले ब्याजदर करिडोरको तल्लो सीमामा रहेको निक्षेप सङ्कलन दरलाई घटाउने अपेक्षा बैंकिङ क्षेत्रले गर्दै आएका छन् । यो अहिले ३ प्रतिशत छ, यो दरभन्दा तल व्यक्तिगत बचत खाताको ब्याज दिन नपाइने व्यवस्था छ।
त्यस्तै, निर्माण व्यवसायीले सावाँ ब्याज तिर्ने मितिमा लचकताको अपेक्षा गरेका छन्। मौद्रिक नीतिले दिएको निर्माण व्यवसायीको सावाँ ब्याज तिर्ने मिति मङ्सिर मसान्तमा सकिँदैछ ।