फाइल तस्वीर
काठमाडौँ, मङ्सिर १२ गते । लगातार दुईदिनसम्म घटेको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार हिजो मङ्गलबार सुन तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो कारोबार दिन मङ्गलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।