मुगु, मङ्सिर ९ गते। जिल्लाको छायाँनाथरारा नगरपालिका–६ लिउँडी गाउँका रूपबहादुर सेजुवालले मह बेचेर वार्षिक रु चार लाखबढी आम्दानीगर्दै आउनुभएको छ । पुख्र्यौली पेसालाई निरन्तरतादिँदै मौरिपालन व्यवसायबाट सबैखर्च कटाएर रु चार लाखबढी आम्दानीगर्दै आउनुभएको हो ।

रूपबहादुरले आफ्ना बाबुबाजेले थालेको मौरिपालन पेसालाई परम्परागत काठेघारको प्रयोगगरी निरन्तरता दिइरहेको बताउनुभयो । उहाँका अनुसार हालसम्म कुनैपनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक तथा प्रविधिक सहयोग पाएको छैन ।

रूपबहादुरले भन्नुभयो, “बाबुको सीप र क्षमता अनुसरण गरेर व्यवसायलाई निरन्तरतादिँदै आएको छु । सरोकार भएका निकायबाट आर्थिक तथा प्राविधिक सहयोग पाएका मौरीपालन पेसालाई व्यावसायिक बनाउने योजना थियो ।” उहाँले परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका उपभोक्ताले निकै रुचाउने प्रतिक्रिया आइरहेको बताउनुभयो । 

“ग्राहकहरू मह किन्नका लागि घरमै आइपुग्ने गर्नुहुन्छ । उत्पादित महलिन टाढाबाट पनि ग्राहक आउनुहुन्छ । वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु । त्यसैबाट घरका दशजनाको परिवारको खर्च व्यवस्थापन हुँदैआएको छ”, रूपबहादुरले भन्नुभयो । जेठ र कात्तिकगरी दुई पटक मह निकालेर बेच्दा सबैखर्च कटाउन रु चार लाख आम्दानी हुनेगरेको उहाँले जानकारी दिनुभयो । 

आधुनिक घार भन्दा हिमाली मौरी काठका परम्परागत घारमा बस्न रुचाउनेभन्दै रूपबहादुरले यहाँ उत्पादित मह सतप्रतिशत आर्गानिक र गुणस्तरीयहुने  दाबी गर्नुभयो । 

सदरमुकाम गमगढी बजारबाट तीन घण्टा पैदलदूरीमा रहेको लिउँडी गाउँका रूपबहादुरका लागि यो पेसा आम्दानीको स्रोतमात्र नभइ पुख्र्यौली व्यवसायको एक नमूनापनि हो । परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उहाँका बुबाले गर्नुभएको थियो । विकट बस्तीमा मौरीपालनका कठिनाइसँग जुध्दै उहाँले व्यावसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरिरहनुभएको छ ।