फाइल तस्वीर
काठमाडौँ, मङ्सिर ९ गते । मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।