पर्सा, मङ्सिर ८ गते । विवाद टुङ्गो नलाग्दा पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७५र७६ मा नारायणी अस्पताललाई पाँच सय शै्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उहाँले बताउनुभयो । सर्वोच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका निम्ति निर्धारण गरेको जानकारी उहाँले दिनुभयो ।

वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि÷नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको हो ।