फाइल तस्वीर
काठमाडौँ, मङ्सिर ४ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको हो ।
स्थानीय बजारमा आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन हिजो । सोमबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । हिजो १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ कायम भएको हो।