जनकपुर, कात्तिक २९ गते। विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा आज सम्पन्न बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलकलिएर प्रस्थानगर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।
तिलक लिएरजाने समूह २ गते अयोध्यापुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्वहिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने बताइएको छ ।
विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झै यस वर्षपनि सामूहिक विवाह हुनेछ । छैठौंँ पटक हुनलागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ ।
जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिका रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ । यसैबीच जनकपुरधाममा मङ्सिर २१ गतेहुने विवाहपञ्चमी मेलाको धुमधामका साथ तयारी भइरहेको छ ।
त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको जनाइएको छ ।