फाइल तस्वीर

काठमाडौँ, कात्तिक २९ गते । साताको पाँचौं कारोबार दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो ।

स्थानीय बजारमा आज सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन हिजो बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट आएको छ । हिजो तोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १ हजार ९ पाँच ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।