जिउक्वान,कात्तिक २४ गते । चीनले शनिबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
पाइसेट–२ का चारवटा उपग्रहहरू लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए ।

तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट–सेन्सिङ डेटा सेवाहरू प्रदान गर्नेछन् । यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृङ्खलाको ५४४ औं उडान अभियान थियो । मार्च सन् २०२३ मा, चीनले पाइसेट–१ सहित चारवटा भूउपग्रहहरूको पहिलो प्रक्षेपण गरेको थियो ।