काठमाडौँ, कात्तिक २१ गते । साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार सुन तोलामा १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएकोे छ । हिजो तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर तोलाको २ हजार १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।