काठमाडौँ, कात्तिक २० गते । तिहार सकिएसँगै स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन्ुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला रु एक लाख ७१ हजारमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला रु २१ घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य रु दुई हजार ३० तोकेको छ । यसअघि चाँदी प्रतितोला रु दुई हजार ९० मा कारोबार भएको थियो ।