अफगानिस्तान, कात्तिक १९ गते । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मीले अपहरणमा परेका दुई जना विदालय जाने उमेरको बच्चाको उद्धार गरिएको प्रान्तीय प्रहरी प्रवक्ता मुल्लाह असदुल्लाह जमशिदीले सोमबार बताउनुभएको छ । विदालयबाट घर फर्किरहेका बालबालिकाहरू पखवाडिया प्रान्तको राजधानी कान्दाहार सहरबाट अपहरणमा परेको उहाँले बताउनु भएको हो ।

अधिकारीका अनुसार घटनामा संलग्नता भएको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन । अपहरणकर्ताहरूले सुरुमा एक लाख अमेरिकी डलर माग गरेका थिए भने त्यसपछि बच्चाहरूको रिहाइको लागि फिरौतीमा तीस अमेरिकी डलर मागेका थिए ।

त्यस्तै, अफगान सुरक्षा बलले पश्चिमी हेरात प्रान्तमा अपहरणकर्ताको कब्जाबाट एक बच्चालाई रिहा गरेको तथा यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

गरिबीले ग्रस्त अफगानिस्तानमा आपराधिक गिरोहले प्रायः धनी परिवारका सदस्यहरूलाई अपहरण गरीे रिहाइका लागि ठूलो मात्रामा नगद माग गर्ने गर्छन् ।