स्पेन, कात्तिक १६ गते । स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।जसमा सबैभन्दा बढी भ्यालेन्सिया सहरमा १ सय ५५ जनाको मृत्यु भएको छ । भ्यालेन्सियाको आपत्कालीन समन्वय केन्द्रले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो । सोहीअनुसार पीडितको पहिचान गर्ने काम जारी छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि बिहीबार आपत्कालीन समन्वय केन्द्रको भ्रमण गरेका छन् । बाढीले क्यास्टिल–ला मान्चामा दुई जना र अन्डालुसियामा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।